काठमाडौं उपत्यकामा ४०८ कोरोना संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २० भदाै

शनिबार काठमाडौं उपत्यकाम ४०८ कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५  संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ९०० पुगेको छ।

त्यसैगरि, काठमाडौंमा ६ हजार ३ सय ३४, ललितपुरका ८८७  र भक्तपुरमा ६७९ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा देशभर ३४९ महिला र ६९२ पुरुष गरी  १ हजार ४१  नयाँ संक्रमित थपिएका छन्। कूल संक्रमितको संख्या  ४५ हजार २ सय ७७ पुगेको छ। २४ घण्टा १ हजा ५ सय ६६ जना डिस्चार्ज भएसँगै २७ हजार १ सय २७ जना संक्रमणमुक्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *