उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि

न्यूज अपडेट काठमाडाैं, १३ भदाै उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । चौधरीले आफू कोरोना संक्रमित भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराएका हुन् । चौधरीले ट्वीट गर्दै शुक्रवार बिहान कोरोना परीक्षण गर्दा पोजेटिभ देखिए पनि कुनै लक्षण नदेखिएको बताएका छन् । ‘आज बिहान परीक्षण गर्दा मलाई कोरोना पोजेटिभ देखिएको छ,’ उनले बताए । […]

Continue Reading

पूर्व प्रधानमन्त्री नेपाल र दुई मन्त्री आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, १३ भदाै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयका तीन जना आइसोलेसनमा बसेका छन् । पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, गृहमन्त्री रामबहादुर थापा र उपप्रधानमन्त्री एवं रक्षामन्त्री आइसोलेसनमा बसेका छन् । वरिष्ठ नेता नेपालको सुरक्षामा खटिएका सात जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएसँगै नेता नेपाल आइसोलेसनमा बसेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक […]

Continue Reading

 वि.सं.२०७७ भदाै १३ गते शनिबारको राशिफल

न्यूज अपडेट भक्तपुर, १३ भदाै वि.सं.२०७७ भाद्र-१३,शनिबार,ई.सं.२०२० अगष्ट – २९,शक संवत्-१९४२,नेपाल संवत्-११४० ञलाथ्व,प्रमादी,दक्षिणायन,वर्षा,भाद्र शुक्लपक्ष तिथि-एकादशी , ०९:४० बजे उप्रान्त द्वादशी,नक्षत्र-पूर्वाषाढा , १५:१६ बजे उप्रान्त उत्तराषाढा,योग-आयुष्मान् , १७:५५ बजे उप्रान्त सौभाग्य,करण-भद्रा ०९:४० बजेदेखि वव , २१:१३ बजे उप्रान्त तैतिल,चन्द्रराशि-धनु,आनन्दादि योग-मातंग, सूर्योदय-५:४१, सूर्यास्त-१८:२६,दिनमान-३१ घडी ५१ पला, व्रत/पर्व-हरिपरिवर्तिनी एकादशी व्रत, वामन द्वादशी (वामन जयन्ती),दहीदान, त्रिपुष्कर योग १५:१६ बजेपछि। […]

Continue Reading

संक्रमित भनी चौध जनालाई घरबाट निकालियो

न्यूज अपडेट भक्तपुर, १२ भदाै कोभिड–१९ संक्रमित भएको भन्दै एकै घरमा बस्दै आएका चौध जना व्यक्तिलाई स्थानीयले जबरजस्ती घरबाट निकाली आइसोलेसन केन्द्रमा पठाएपछि जबरजस्ती गर्ने व्यक्तिहरूमाथि प्रहरीले कारबाही थालेको छ । मध्यपुर थिमि नगरपालिका वडा नं ९ मा एउटै घरमा बस्ने केही व्यक्तिमा कोभिड–१९ पुष्टि भए पछि सो घरमा बस्ने सबै चौध जना व्यक्तिलाई उनीहरूको […]

Continue Reading

भक्तपुर जिल्लामा शुक्रबार कहाँ कति संक्रमित ?

न्यूज अपडेट भक्तपुर, १२ भदाै शुक्रबार भक्तपुरका ५३ जना व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय, भक्तपुरले जानकारी दिएको छ । तीमध्ये सबभन्दा बढी मध्यपुर थिमि नपामा १५ महिला र ६ पुरुष छन् । त्यस्तै सुर्यबिनायक नपामा ८ महिला र १० पुरुष, भक्तपुर नपाका २ महिला र १ जना पुरुष र चाँगुनारायण नपाका १ […]

Continue Reading

१६९ जना कोरोना संक्रमित डिस्चार्ज

न्यूज अपडेट काठमाडाैं, १२ भदाै पछिल्लो २४ घन्टामा थप १ सय ६९ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो सँगै नेपालमा २० हजार २ सय ४२ जना संक्रमित उपचारपछि निको भएका छन्।  मुस्ताङ र हुम्ला गरी २ जिल्लामा […]

Continue Reading

शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए?

न्यूज अपडेट काठमाडाैं, १२ भदाै नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ। गत २४ घण्टामा मात्र ९ सय २७ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ३ सय ३४ महिला र ५ सय ९३ पुरुष गरी ९ स २७  जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। प्रदेश […]

Continue Reading

पछिल्लो २४ घन्टामा थप १२ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९५ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १२ भदाै नेपालमा एकै दिन थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय ९५ पुगेको छ। ११ वटा जिल्लाका ४ महिला र ८ पुरुष गरी १२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मोरङमा ५६ र ६५ वर्षीया महिला, भक्तपुरमा […]

Continue Reading

केन्द्रीय अस्पतालहरुमा १ हजार, प्रादेशिक र स्थानीय तहमा ५ हजार शय्या थप

न्यूज अपडेट काठमाडाैं, १२ भदाै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को उपचारका लागि केन्द्रमा एक हजार शय्या थप गरेको छ। कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै सरकारले अस्पतालमा बेड संख्या बढाएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नियमित कोरोना बिफिङमा प्रादेशिक अस्पतालमा १ हजार ९ सय ५७ शय्या थप गरिएको पनि जानकारी दिए। उनले अस्पताल नभएका […]

Continue Reading

काठमाडौं उपत्यकामा एकै दिन ४१५ जना कोरोना संक्रमित

न्यूज अपडेट काठमाडाैं, १२ भदाै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४१५ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ८ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्। शुक्रबार काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। उपत्यकामा एकै […]

Continue Reading