१६९ जना कोरोना संक्रमित डिस्चार्ज

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १२ भदाै

पछिल्लो २४ घन्टामा थप १ सय ६९ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

यो सँगै नेपालमा २० हजार २ सय ४२ जना संक्रमित उपचारपछि निको भएका छन्।  मुस्ताङ र हुम्ला गरी २ जिल्लामा संक्रमित शून्य भएका छन्।

शुक्रबार १० हजार २ सय २९ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ६ लाख ५८ हजार १ सय १० जना व्यक्तीको पिसिआर भएको मन्त्रालयले जनाकारी दियो।

मन्त्रालयका अनुसार ८ हजार ९ सय ३९ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ।

कुन प्रदेशमा कति डिस्चार्ज?
प्रदेश १– १५३६
प्रदेश २– ४५१७
बागमती  प्रदेश– ९६६
गण्डकी प्रदेश– १६८८
प्रदेश ५– ४७०८
कर्णली प्रदेश– २०२९
सुदूरपश्चिम प्रदेश– ४७९८

Leave a Reply

Your email address will not be published. Required fields are marked *