पूर्व प्रधानमन्त्री नेपाल र दुई मन्त्री आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १३ भदाै

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयका तीन जना आइसोलेसनमा बसेका छन् । पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, गृहमन्त्री रामबहादुर थापा र उपप्रधानमन्त्री एवं रक्षामन्त्री आइसोलेसनमा बसेका छन् ।

वरिष्ठ नेता नेपालको सुरक्षामा खटिएका सात जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएसँगै नेता नेपाल आइसोलेसनमा बसेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

एउटै बैठकमा सहभागी भएका कारण पोखरेल र थापा आइसोलेसनमा बसेका हुन्। उक्त बैठकमा सहभागीलाई नै कोरोना संक्रमण पुष्टि भएपछि दुवै जना आइसोलेसनमा बसेका हुन्।  सचिवालयका तीनै जना आइसोलेसनमा बसेपछि नेकपा सचिवालय बैठक स्थगित गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *