उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १३ भदाै

उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । चौधरीले आफू कोरोना संक्रमित भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराएका हुन् ।

चौधरीले ट्वीट गर्दै शुक्रवार बिहान कोरोना परीक्षण गर्दा पोजेटिभ देखिए पनि कुनै लक्षण नदेखिएको बताएका छन् । ‘आज बिहान परीक्षण गर्दा मलाई कोरोना पोजेटिभ देखिएको छ,’ उनले बताए ।

चौधरीले डाक्टरको सल्लाहअनुसार आफू आइसोलेसनमा बसेको पनि बताएका छन् । उनले आफ्नो सम्पर्कमा आएकालाई कोरोना परीक्षण गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *