पछिल्लो २४ घन्टामा थप १२ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९५ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १२ भदाै

नेपालमा एकै दिन थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय ९५ पुगेको छ।

११ वटा जिल्लाका ४ महिला र ८ पुरुष गरी १२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मोरङमा ५६ र ६५ वर्षीया महिला, भक्तपुरमा ६५ र मकवानपुरमा ७१ वर्षीया गरी चार महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

यस्तै, उदयपुरका ५२ वर्षीय, पर्साका ७२, धनुषाका ४५, सिरहाका ५५, झापाका ८३, चितवनका ५१, कास्कीका ५२ र रुपन्देहीका ६० वर्षीय पुरुषहरु छन्।

यसअघि बिहिबार आठ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। नेपालमा मृत्युदर शून्य दशमलव ५३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *