Friday, May 17, 2024

संक्रमित भनी चौध जनालाई घरबाट निकालियो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

भक्तपुर, १२ भदाै

कोभिड–१९ संक्रमित भएको भन्दै एकै घरमा बस्दै आएका चौध जना व्यक्तिलाई स्थानीयले जबरजस्ती घरबाट निकाली आइसोलेसन केन्द्रमा पठाएपछि जबरजस्ती गर्ने व्यक्तिहरूमाथि प्रहरीले कारबाही थालेको छ । मध्यपुर थिमि नगरपालिका वडा नं ९ मा एउटै घरमा बस्ने केही व्यक्तिमा कोभिड–१९ पुष्टि भए पछि सो घरमा बस्ने सबै चौध जना व्यक्तिलाई उनीहरूको इच्छाविपरीत जबरजस्ती चाँगुनारायण नपाको खरिपाटीस्थित आइसोलेसन केन्द्रमा पठाइएको थियो । यसरी धपाइएकाहरूमध्ये चार दिनकी सुत्केरीदेखि ७५ वर्षकी ज्येष्ठ नागरिक समेत रहेको बताइएको छ । घरमै सुरक्षित रूपमा होम आइसोलेसनमा बस्ने भन्दा पनि नमानेर स्थानीय केही मानिसले उनीहरूलाई त्यहा“ बस्न नदिने भनी दबाब दिएका थिए । बस्दै आएको घरबाट निकालिए पछि उनीहरू सबै खरिपाटीको आइसोलेसन केन्द्रमा पुगेका थिए ।
कोरोनाका संक्रमितमाथि यस्तो जबरजस्ती भएको थाहा पाए पछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी तारा थापाले बताए ।
“घरबाट निकालिएका सबै व्यक्तिलाई उनीहरू बस्दै आएकै घरमा फर्काउने काम भइरहेको छ”, उनले भने ।
प्रहरीले जबरजस्ती गर्ने व्यक्तिहरू को को हुन् भनी खोजी भइरहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *