पछिल्लो २४ घन्टामा ३१३ कोरोना संक्रमित संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १३ भदाै

पछिल्लो २४ घन्टामा थप ३ सय १३ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

यो सँगै नेपालमा  २० हजार ५ सय ५५ जना संक्रमित  उपचारपछि निको भएका छन्।  मुस्ताङ र हुम्ला गरी २ जिल्लामा संक्रमित शून्य भएका छन्।

शनिबार ११ हजार ५१६ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ६ लाख ६९ हजार ६ सय २६ जना व्यक्तीको पिसिआर भएको मन्त्रालयले जनाकारी दियो।

मन्त्रालयका अनुसार ८ हजार ३५ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १६ हजार  ५ सय ७८ रहेको छ।

कुन प्रदेशमा कति डिस्चार्ज?
प्रदेश १– १५५९
प्रदेश २– ४६७८
बागमती  प्रदेश– १००१
गण्डकी प्रदेश– १७०३
प्रदेश ५– ४७४७
कर्णाली प्रदेश– २०३३
सुदूरपश्चिम प्रदेश– ४८३४

Leave a Reply

Your email address will not be published. Required fields are marked *