प्रधानाध्यापक सहित ११ जुवाडे पक्राउ

विशेष समाचार समाचार

न्यूज अपडेट
चितवन, १३ भदौ


चितवनमा तास खेलिरहेका प्रधानाध्यापक सहति ११ जुवाडे पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार, खैरहनी नगरपालिका वडा नम्बर २ स्थित लिटिल हेभेन स्कुलमा तास खेलिरहेको अवस्थामा विद्यालयका प्रधानाध्यापक सहित ११ जनालाई नगदसहित पक्राउ गरिएको हो । उनीहरुबाट प्रहरीले ४५ हजार ६ सय ४० रुपैंया नगद सहित पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *