चितवनमा भदौ १९ गतेसम्म निशेधाज्ञा थप, अत्यावश्यक सेवालाई केही खकुलो पारिने

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
चितवन, १३ भदौ


जिल्ला प्रशासन कार्यालय चितवनले दोस्रोपटक एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।
दोस्रो चरणको निषेधाज्ञाको शुक्रबार अन्तिम दिन भदौ १९ गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । तर यो पटक थपिएको निशेधाज्ञा केही खुकुलो बनाइने निर्णय भएको छ ।
चितवनमा कोरोना संक्रमणको जोखिम र त्रास थप बढ्दै गएकाले निषेधाज्ञाको अवधि बढाउनु पर्ने आवश्यक भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले जानकारी दिए । उनका अनुसार अत्यावश्यक सेवा अन्तर्गत बैंक तथा वित्तीय संस्था र अन्य केही सेवालाई भने केही खुकुलो बनाइने भएको हो ।
व्यवसायीहरु र अन्य नागरिकबाट गुनासो आएकाले बैंक तथा वित्तीय संस्था, केही खुकुलो बनाउने निर्णय भएको शर्माले बताए । साथै उद्योग धन्दा भित्र निश्चित स्थानमा क्वारेन्टीनको व्यवस्था गरी सञ्चालन तथा आवत जावत गर्न सकिने र कृषिजन्य ढुवानी, खानेपानी, बिजुली, इन्टेरनेट लगायतका सवारीसाधनलाई खुकुलो बनाइने निर्णय गरिएको छ ।
चितवन प्रशासनले पहिलो चरणमा साउन ३० गतेदेखि लागू हुने गरी भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि साउन ३२ रातिदेखि भदौं ५ गतेसम्मका लागि माडी नगरपालिका बाहेक सबै स्थानीय तहमा निषेधाज्ञा जारी गरेको थियो । यसभन्दा अघि प्रशासनले भदौं ६ गतेदेखि शुक्रबार १२ गते रातिसम्म लागु हुनेगरी जिल्लाभरी नै निषेधाज्ञा थप गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *