सांँढे २ करोडको लगानीमा चितवनमा दुग्ध उद्योग स्थापना

अर्थ/वाणिज्य विज्ञान/प्रविधि समाचार

न्यूज अपडेट
चितवन, १३ भदौ


भरतपुर महानगरपालिका वडा नम्बर १६, स्थित ठूलोगढीमा साढे २ करोड लगानीमा दुग्ध उद्योग सञ्चालन गर्ने तयारी गरिएको छ ।
दूध उत्पादनको खपत बढाउन र दूधमा विविधीकरण गर्ने उद्देश्यले ढकाल दुग्ध उद्योगको स्थापना गरिएको हो । कम्पनीका प्रबन्ध निर्देशक सुमन ढकालका अनुसार परिवारको एकल लगानीमा दुग्ध उद्योग स्थापना गरिएको हो ।

२५ बर्षदेखि अघि पशुपालन गर्दै आएका ढकाल परिवारको ढकाल पशुपालन फार्म समेत सञ्चालनमा छ । जहांँ १ सय ७५ वटा दूध उत्पादन गर्ने गाईभैसी रहेको ढकालले बताए । उनको फार्मबाट दैनिक ७ सय लिटरसम्म दूध उत्पादन हुंँदै आएको छ । आफ्नो फार्मको दूधको सही सदुपयोग गर्न र यस वरिपरि रहेका किसानको दूधलाई संकलन गर्नुको साथै प्रशोधन गरेर विक्री गर्न उद्देश्यसहित उद्योगको स्थापना गरिएको उनको भनाइ छ । ‘अहिले हामीले सबै गरी दैनिक ५ हजार लिटर दूध संकलन गर्दै स्थानीय बजारमा विक्री गर्दै आएका छौं प्रबन्ध निर्देशक ढकालले भने, उद्योग खोलेपछि प्याकेजिङ गरेर देशभर पुर्‍याउनेछौं । ’उनका अनुसार यसअघि खुला दूध विक्री हँुदै आएपनि उद्योग सञ्चालनपछि दूध प्याकेजिङका साथै दही, क्रिम, घ्यू, नौनी, पनीरजस्ता दुग्धजन्य उत्पादन गरिने उनले बताए ।

करिब ५ कट्ठा क्षेत्रफलमा अवस्थित उक्त उद्योगको प्लाण्टसहित अन्य उपकरण जडान गरिसकिएको छ । लकडाउनका कारण गत बैशाखदेखि सञ्चालनामा ल्याउने तयारी गरेपनि हालसम्म संचालन गर्न नसकिएको उनले बताए । ‘बैशाखदेखि नै शुभारम्भ गर्ने तयारी थियो, ढकालले भने, लकडाउनले विथोलिदियो ।’ अब डेढ महिनाभित्र सञ्चालनमा ल्याइसक्ने उनले जानकारी दिए । उद्योग सञ्चालनमा आएसंँगै १२ जनाले प्रत्यक्ष रोजगारी पाउने ढकालले बताए ।


उद्योग सञ्चालनमा आएपछि काठमाडौं, पोखरा, विराटनगर लगायतका शहरहरुमा उत्पादन बिक्री गर्ने उनको भनाइ छ । ‘उद्योग सञ्चालनमा भएपछि दूध खेरपनि जांँदैन उनले भने, किसानले सही मूल्य पनि पाउंँछन् । ’

उद्योगका इञ्जिनियर कन्सल्ट्याण्ट खेमप्रसाद ढकालले मेशिन जडान र फिनिसिङ बाहेक सम्पूर्ण काम पूरा भइसकेको जानकारी दिए । ‘बैशाखमै सञ्चालनमा आउंँथ्यो, उनले भने, यसका साना साना सामानहरुको लागि इण्डियाको भर पर्नुपर्छ । ’हाल निशेधाज्ञा भएपनि मेशिनहरु जडान र परीक्षण लगायतको काम तीब्र रुपमा भइरहेको उनको भनाइ छ । ‘ब्रोइलर, आइबीटी(पानी चिसो, तातो गर्ने), होमोनाइजर (गुणस्तर मेनटेन गर्ने) र प्याकेजिङ मेशिन जडान कार्य पूरा भएको छ, इञ्जिनियर ढकालले भने । साना साना सामानहरु स्थानीय बजारमा नपाइने र पाइएपनि भारतबाट मगाउनु पर्ने भएकोले सञ्चालनमा ढिलाइ भएको उनले बताए ।

उद्योग सञ्चालन आएसंँगै १२ जनाले प्रत्यक्ष रोजगार पाइने प्रबन्ध निर्देशक ढकालको भनाइ छ । अगामी दिनमा बजार विस्तारसंँगै उद्योगको क्षमता विस्तार गर्दै लैजाने योजना रहेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *