कोरोना महामारीका कारण यन्याँपुन्ही(इन्द्रजात्रा)का सम्पूर्ण जात्रा स्थगित

कला/साहित्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
भक्तपुर, १३ भदौ


प्रत्येक वर्ष गरिआएको उपत्यकाको प्रसिद्ध जात्रा यन्याँपुन्ही जात्रा विश्वव्यापी महामारीको रुपमा आाएको कोरोना भाइरस संक्रमणका कारण स्थगित गरेको छ । भदौ १४ गतेदेखि शुरु हुने भक्तपुरको यन्याँपुन्ही जात्रासँग सम्बन्धित विविध क्रियाकलाप यसपाली नगर्न नगराउनका लागि विभिन्न गुठी, भजन, समुदाय र स्थानीयवासीसँग भक्तपुर नगरपालिकाले अनुरोध गरेको छ ।

कठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको विषम परिस्थितिलाई ध्यानमा राखी यन्याँपुन्हीसँग सम्बन्धित यम ठड्याउने जात्रा, सिद्धपोखरी जात्रा, याँ मता, छुमा गणेश, सलाँ गणेश, मुँ पात्र, भैरवनाथ, इन्द्रायणी, पुलुकिसी लगायतका सम्पूर्ण जात्राहरु स्थगित भएको भक्तपुर नगरपालिका स्रोतले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *