Friday, May 17, 2024

बाराही स्थानमा थप पाँच जनामा कोभिड–१९ संक्रमण

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

भक्तपुर जिल्लामा शनिबार १५ जना व्यक्तिमा नोबेल कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, भक्तपुरले दिएको जानकारीअनुसार भक्तपुर नपा वडा नं ३ बाराहीस्थानमा ५ जना व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । सो स्थानका ५९ वर्षका पुरुष, ३४ वर्षका पुरुष, ३२ वर्षका पुरुष, ५४ वर्षकी महिला र ३० वर्षकी महिलामा कोभिड–१९ पुष्टि भएको हो ।
त्यस्तै भक्तपुर नपा वडा नं १० कमलबिनायकका ४९ वर्षका एक जना पुरुषमा पनि कोभिड–१९ संक्रमण पुष्टि भएको छ । भक्तपुर नपा वडा नं ३ का ८२ वर्षका संक्रमित पुरुषको बिहीबार निधन भएको छ ।
मध्यपुर थिमि नपाको लोकन्थलीका ४५ वर्षका महिला, २८ वर्षकी महिला र २९ वर्षका पुरुष पनि संक्रमित भएका छन् । मध्यपुर नपा वडा नं ४ नाय्टोलका ८४ वर्षका एक पुरुषमा पनि कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।
सुर्यबिनायक नपा पाण्डुबजारका २७ वर्षका एक पुरुष, सिरुटारका ४० वर्षका पुरुष र कटुञ्जेका ३६ वर्षका एक जना पुरुषमा पनि कोभिड–१९ पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *