स्थानिय तहको प्राथमीकता कृषि र पशुपालन

समाचार

पाल्पा, ३ असार


जिल्लाका स्थानिय सरकारहरुले आगामीक आर्थीक वर्षका लागी स्वरोजगारका कार्यक्रमसंग संगै स्वास्थ्य र शिक्षालाई मुख्य प्राथमीकतामा राखेका छन् । २ वटा नगरपालिका ८ वटा गाउँपालिका रहेका यस जिल्लाका गाउँपालिकाहरुले कृषि, पशुपालन, स्वास्थ्य, शिक्षा, जडीबुटी र बन वालीलाई मुख्य प्राथमीकता राखेर बजेट निर्माणमा जुटेको गाउँपालिकाका अध्यक्षहरु बताउँछन् ।
माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाका अनुसार आगामी आर्थीक वर्षका लागी झडेवा स्वास्थ्य चौकीलाई ५० शैयाको अस्पताल निर्माण र सबै वडाका स्वास्थ्य संस्थामा वर्थीङ्ग सेन्टर र प्रयोगशालालाई मुख्य प्राथमीकतामा राख्दै कृषि र पशुपालन व्यवसायलाई समेत मुख्य प्राथमीकतामा राख्दै खानेपानीको योजना समेत छनोटमा परेको बताए ।
स्थानीय सरकारको निर्माण भएपछि गाउँमै स्वरोजगारको वातावरण व्यवसायीक कृषि र पशुपालनबाट मात्र हुने भएकाले स्थानिय सरकारले मुख्य प्राथमीकतामा राखेको रैनादेवी गाउँपालिका प्रवत्ता विष्णु प्रसाद पोखरेलले बताए । आफ्नो गाउँपालिकालाई तरकारी, फलफूल, दुग्ध उत्पादनको क्षेत्रका रुपमा विकास गर्दै एक गाउँ एक उत्पादनलाई जोड दिएर आगामीक आर्थिक वर्षको लागी बजेटको तैयारी गरिएको प्रवत्ता पोखरेलले बताए ।
विकास संग संगै रोजगारका लागी शिक्षाको विकास महत्वपूर्ण भएकोले शिक्षाको गुणात्मक मूल्याङ्कन गरी लगानी गर्ने र आफ्नो गाउँपालिकामा जडीबुटी तथा वनवालीकी प्रचुर सभांवाना बोकेकोले त्यसलाई मुख्य आधार बनाउदै फलफूल तथा दुग्ध उत्पादनका क्षेत्रमा कृषकहरुलाई प्रात्सहित गर्ने कार्यक्रम रहेको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसी बताउछन् ।
स्थानिय सरकारले सडकका विना मापडण्ड नयाँ सडक निर्माण नगर्ने र भएका सडकको स्तर उन्नतीको कार्यलाई मुख्य प्राथमीकतामा पनि राखेका छन् । रम्भा गाउँपालिकाले अगामीक आर्थिक वर्षको बजेट निर्माणका क्रममा, वालमैत्री शाशन भएको गाउँपालिकाका घोषणा गर्ने सरसफाई युक्त गाउँपालिका घोषणा गर्ने, हरियाली गाउँपालिका, खरको छाना विस्थापित गर्ने, पोषणयुक्त गाउँपालिका बनाउने योजना रहेको गाउँपालिका अध्यक्ष विष्णु भण्डारी बताउछन् ।
तानसेन नगरपालिका संगै जोडिएको बगनासकाली गाउँपालिका अगामीक आर्थीक वर्षका लागी पनि उन्नत जातको विउ प्रयोग गरी कृषिमा आधुनिकीकरण गर्दै व्यवसायीक कृषि नै मुख्य प्राथमीकतामा परेको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए । अध्यक्ष बस्यालका अनुसार खरको छाना विस्थापीत र भएका सडकको स्तर उन्नती, खानेपानी जस्ता योजना क्रमागत रुपमा परेका छन् । भौगोलिक भू–वनोट हवा पानी अनुसारको कृषि प्रणाली र पशुपालनलाई जोड दिदै कृषि र पशुपालनबाट नै स्थानिय तहमा स्वरोजगारको वातावरणको सिर्जना गर्ने गरी आगामीक आर्थीक वर्षका लागी बजेटको तैयारी गर्न लागेको पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले बताए ।
रुपन्देही मात्र नभई लुम्बिनी अञ्चलको मुख्य व्यापारीक केन्द्र बुटवल बजार संग जोडिएको तिनाउ गाउँपालिकाले समेत आगामीक आर्थीक वर्षको बजेटमा कृषि पशुपालन र वनवालीलाई मुख्य प्राथमीकतामा राखेको गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले बताए । अध्यक्ष घर्तीका अनुसार वनवाली अन्तर्गत जेतपान र अम्लिसो खेतीको श्रोतकेन्द्रका रुपमा विकास गर्ने योजना र मुख्य प्राथमीकता रहेको छ ।
निस्दी गाउँपालिकाले कृषि पशुपालन संग संगै स्वास्थ्य शिक्षा र सडक निर्माणको लागी वजेटले सम्बोधन गर्ने गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताए । अध्यक्ष सारु भन्दछन् अन्य गाउँपालिका भन्दा यसलाई भौगोलिक विकटताले नराम्रो संग गाजेका कारण सडक, स्वास्थ्य, शिक्षालाई समेत प्राथमीकतामा राख्नु पर्ने भएकोले त्यस तर्फ ध्यान केन्द्रित भएको बताए ।
तानसेन र रामपुर नगरपालिकाले बजेटका विषयमा आन्तरीक रुपमा छलफल र वहस भइ रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *