ताप्लेजुङका ६ जना विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति

शिक्षा समाचार

ताप्लेजुङ, २१ कार्तिक


हिमाली जिल्ला ताप्लेजुङका ६ जना विद्यार्थीले उच्च शिक्षा हासिलका लागि करिव ७ लाख वरावरको छात्रवृत्ति पाएका छन् । ग्रामिण शिक्षा तथा बातावरण विकास केन्द्र रिड नेपाल ताप्लेजुङले गत वर्षको एसईई परिक्षामा उत्कृष्ट अंक ल्याएका तथा गरिव जेहेन्दार ६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । उच्च शिक्षा अध्ययनका लागि ४ जना प्राविधिक र २ जना साधारण धारका गरि ६ जना विद्यार्थीलाई ६ लाख ९६ हजार छात्रवृत्ति प्रदान गरिएको हो रिड नेपालका प्रवन्धक राजेन्द्र पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार आई. एस्सि. एजी. अध्यनरत याम्फुदिनकी निशा गुरुङलाई २ लाख १६ हजार प्रदान गरिएको छ । यस्तै ए. एन. एम अध्यनरत २ जना लेलेपका छेतेन किपा शेर्पा र लाक्पाफुटी शेर्पालाई जनही १ लाख ३२ हजारका दरले २ लाख ६४ हजार, कमर्स विषय अध्यनरत तेन्जिङ शेर्पा र विनम पाण्डेलाई जनही ७२ हजारका दरले १ लाख ४४ हजार प्रदान गरिएको हो । शेर्पा लेलेपका हुन भने पाण्डे खेवाङका हुन् । जे. टि. ए अध्यनरत इखाबुकी निता राईलाई ७२ हजार प्रदान गरिएको छ ।
एसईई उत्तिर्ण विद्यार्थीका लागि उच्च शिक्षा हासिल गर्न स्थापना गरिएको जर्ज व्यान्ड मेमोरियल स्कलरशिप अन्तर्गत छात्रवृत्ति प्रदान गरिएको हो । एसईईमा ल्याएको जीपीए, आदिवासी र पारिवारिक आर्थिक अवस्था लगायतको मापदण्डको आधारमा छात्रवृत्ति प्रदान गरिएको हो । यस संस्थाले विगतका वर्षहरुमा समेत छात्रवृति प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *