टेलिफोन सेवा अवरुद्ध

समाचार

प्यूठान, १६ फागुन


जिल्लाको दुर्गम क्षेत्र पर्ने गौमुखी गाउँपालिका क्षेत्र आसपासमा टेलिफोन सेवा अवरुद्ध भएको छ ।गौमुखी गाउँपालिका–३ रजवारामा रहेको बिटिएस टावरमा आएको समस्याका कारण यी क्षेत्रमा मोबाइल सेवा अवरुद्ध भएको हो । फागुन ४ गते चट्याङले क्षति पु¥याएको बिटिएस टावर अझै बन्न सकेको छैन । सो टावरमा क्षति हुँदा टेलिफोन सेवाग्राही करीब दुई हप्तादेखि सञ्चार सेवाबाट वञ्चित भएका हुन् ।

चट्याङले टावरमा क्षति पु¥याएकाले अझै करीब दुई हप्ता मर्मतसुधार गर्न लाग्ने दूरसञ्चार कार्यालयका प्रमुख कृष्ण श्रेष्ठले बताए। घटना पछि नेपालगञ्जस्थित दूरसञ्चार कार्यालयबाट प्राविधिकसहितको टोलीले स्थलगत अवलोकन गरी क्षतिको विवरण सङ्कलन गरेको र टावरका उपकरण मर्मत भइरहेको उनले बताए । दुई हप्तादेखि टेलिफोन सेवा अवरुद्ध हुँदा स्थानीयवासीका साथै वैदेशिक रोजगारीमा गएकाहरु आफन्तजन र घरपरिवारसँग सञ्चार सञ्चार सम्पर्क गर्न पाएका छैनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *