थप २ सय ८५ जना कोरोना संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमडाैं, २ साउन

गत २४ घण्टामा २ सय ८५ जना उपचारपछि विभिन्न आइसोलेसन सेन्टरबाट  डिस्चार्ज भएका छन्।

यो सँगै नेपालमा कोरोना निको हुनेको संख्या ११ हजार ५ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहिबार २ सय १३जना डिस्चार्ज भएका थिए।

भोजपुर, संखुवासभा, मनाङ, मुस्ताङ र हुम्ला सहित  ५ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन्।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सँगै संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको छ।

शुक्रबार विभिन्न २७ वछटा प्रयोगशालबाट ४ हजार ६ सय ८६ जनाको पिसिआर परीक्षण भएको छ।

हालसम्म २२ हजार ७ सय ५६ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ८ सय ७१ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

कुन प्रदेशमा कति संक्रमित?
प्रदेश १–७४४
प्रदेश २ –२५८८
बागमती  प्रदेश – ४१३
गण्डकी प्रदेश – ९४६
प्रदेश ५– ३६४२
कर्णाली प्रदेशमा –१४९२
सुदूरपश्चिम प्रदेश – १६५९

Leave a Reply

Your email address will not be published. Required fields are marked *