थप १४७जनामा कोरोना पुष्टि

न्यूज अपडेट काठमाडाैं, ८ साउन पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको १८,२४१ संख्या पुगेको स्वास्थ्य तथा जनसंख्या प्रवक्ता प्र.डा. जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै बिहिबार १५६ जना कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भएका छन । हाल सम्म नेपालमा १२८४० जना कोरोना […]

Continue Reading

दैलेखका कोरोना रोकथाममा खेलौँची

न्यूज अपडेट दैलेख, ८ साउन दैलेखमा कोरोना रोकथाम तथा नियन्त्रणमा खेलौँची गर्दा समुदायमा कोरोना तीब्र रुपमा फैलिन थालेको छ । कोरोनाको केन्द्र बनेको दैलेखमा पछिल्लो समय स्थानीय व्यापारीहरुमा बढि मात्रमा देखिन थालेको हो । विहीबार मात्र महावु गाउँपालिकाका १० जना स्थानीय व्यापारीहरुमा कोरोना पुष्टि भएको छ । यस्तै एक जना वडा सचिपलाई समेत कोरोना देखिएको […]

Continue Reading

कोरोना कहरले निम्तिने सामाजिक असमानता शैक्षिक क्षेत्रबाट हटाउन अघि सराैं ।

न्यूज अपडेट भक्तपुर, ८ साउन शिक्षा भनेको राष्ट्रको लागि आवश्यक दक्ष, योग्य तथा सक्षम जनशक्ति उत्पादन गर्ने बाैद्धिक क्षेत्र हो । यसै आधारमा सरकारले आफूलाई चाहिने हरेक प्रकारका जनशक्ति उत्पादनका लागि औपचारिक र अनाैपचारिक रूपमा विद्यालय, कलेज क्याम्पस जस्ता शिक्षालय स्थापना गरेका छन् । यसैलाई आत्मसात गरेर सरकारले सबैका लागि शिक्षा भन्ने आदर्शलाई मूलभूत मान्यता […]

Continue Reading

लकडाउनले आयुर्वेदिक अस्पताल निर्माणको काम अधुरै

न्यूज अपडेट धनगढी, ८ साउन कोभिड–१९ र जारी तीन महिना भन्दा लामो लकडाउनका कारण सुदूरपश्चिम प्रादेशिक आयुर्वेदिक अस्पताल निर्माणको काममा बाधा उत्पन्न भएको भन्दै ८ महिना म्याद थप गरिएको छ । संघीय सरकारको १६ करोड ३६ लाखको लगानीमा धनगढी उपमहानगरपालिका–१३ राजपुरमा निर्माणाधीन अस्पताल निर्माणको काम १० प्रतिशत मात्र बाँकी हुँदा लकडाउनले समस्या गरेको भन्दै निर्माण […]

Continue Reading

चितवनमा नयांँ उद्योग दर्ता गर्ने घटे

न्यूज अपडेट चितवन, ८ साउन घरेलु तथा साना उद्योग कार्यालय, चितवनमा अघिल्लो आव (२०७५/०७६) भन्दा गत आव(०७६/०७७ मा साझेदारी तथा निजी उद्योग दर्ता गर्ने घटेका छन् । कार्यालयले दिएको जानकारी अनुसार अघिल्लो आव मा १ हजार ६ सय ८८ उद्योग दर्ता भएका थिए । गतबर्ष यो संख्या घटेर १ हजार ४ सय ४८ वटा मात्र […]

Continue Reading

कर्णालीमा असारमा ९ अर्ब भुक्तानी

न्यूज अपडेट वीरेन्द्रनगर, ८ साउन कर्णाली प्रदेश सरकारले असार महिनामा मात्रै ९ अर्ब रुपैयाँ भुक्तानी गरेको छ । गत आर्थिक वर्षको अन्तिम महिनामा ९ अर्ब ४१ करोड २३ लाख रुपैयाँ भुक्तानी दिएको हो । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार असारमा चालुतर्फ ३ अर्ब ३४ करोड ४३ लाख र पुँजीगततर्फ ६ अर्ब ६७ करोड ९३ लाख […]

Continue Reading

पहिरो पन्छाउन डोजर ‘स्टेन्डबाइ’

न्यूज अपडेट वीरेन्द्रनगर, ८ साउन वर्षा शुरु भएसँगै पहिरोका कारण सडक अवरुद्ध हुन थालेका छन् । सम्भावित पहिरो पन्छाउन पूर्व तयारीका लागि त्यस्ता सडक खण्डमा विभिन्न ठाउँमा डोजर राखिएको छ । सडक डिभिजन कार्यालय सुर्र्खेतका अनुसार राष्ट्रिय राजमार्गका मुख्य सडकहरूमा पहिरो गइहाले तत्काल पन्छाउन विभिन्न ठाउँमा चार वटा डोजर राखिएको छ । सुर्खेत–दैलेखको मुख्य सडकमा […]

Continue Reading

कोरोना संक्रमित बढेपछि राजविराजमा अनिश्चितकालीन निषेधाज्ञा जारी

न्यूज अपडेट सप्तरी सप्तरीको सदरमुकाम राजविराजमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । आज बिहान ५ बजेदेखि निषेधाज्ञा लागू भएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको हिजोको बैठकले राजविराज नगर क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमण र जोखिम बढेको भन्दै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जारी गरेको विज्ञप्तिअनुसार जिल्लामा ४०४ […]

Continue Reading

रातो मत्स्येन्द्रनाथको रथारोहण साउन १० गते हुने

न्यूज अपडेट ललितपुर, ८ साउन कोरोनाभाइरस महामारीका कारण अनिश्चित बनिरहेको ललितपुरको रातो मत्स्येन्द्रनाथको रथारोहण अन्तत: हुने भएको छ । गुठी संस्थान ललितपुरले विज्ञप्ति जारी गर्दै यही शनिबार साउन १० रथारोहण गरिने जनाएको हो। शनिबार दिनको १२:०५ बजेदेखि १२:२५ को साइतमा रथारोहण गरिनेछ । विगत वर्षहरुमा झैं गर्नुपर्ने धार्मिक कार्यहरु गर्न पनि गुठी संस्थानले सर्वसाधारणलाई आग्रह […]

Continue Reading

भारतमा एकै दिनमा ४५ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित

न्यूज अपडेट काठमाडाैं, ८ साउन भारतमा सरकारी अधिकारीले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४५ हजार ७२० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यो सँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या १२ लाख ३८ हजार ६३५ पुगेको अधिकारीले जनाएका छन् । कोरोना भाइरस संक्रमणको कारण भारतमा एकैदिनमा १ हजार १२९ जनाको मृत्यु […]

Continue Reading