धरानमा उपचाररत सप्तरीका एक कोरोना संक्रमितको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २ साउन

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। सप्तरी राजविराज नगरपालिका–६ का ७२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका एक डाक्टरका अनुसार उनको बिहीबार राती ११ बजे उपचारकै क्रममा निधन भएको हो।

मुटु रोगी ती पुरुषमा मधुमेहको समस्या समेत थियो। उनलाई उपचारका लागि असार ३० गते प्रतिष्ठानमा लगिएको थियो।

उपचारकै क्रममा उनको स्वाब स‌ंकलन गरिएको थियो। पिसिआर परीक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको हो।

यो सहित नेपालमा संक्रमितको मृत्युको संख्या ४० पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *