वाकुपति नारायण मन्दिर परिसरभित्रका पाटी र ढुंगेधाराको उद्घाटन

न्यूज अपडेट भक्तपुर, २७ असार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वाकुपति नारायण मन्दिर परिसरभित्र हालै पुनःनिर्माण र जीर्णोद्धार गरिएको द्यो पमी फल्चा पुनःनिर्माण, वाकुपति नारायण दक्षिण सत्तलको पहिलो भुइँ मर्मत, वाकुपति नारायण ढुंगेधारा मर्मत र उत्तरपूर्वमा अवस्थित दक्षिणाभिमुख वाकुपति नारायण पाटी पुनःनिर्माण कार्यको संयुक्त उद्घाटन गरेको छ । उद्घाटन कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले सांस्कृतिक […]

Continue Reading

शैक्षिक संस्था सञ्चालनमा नआउंँदा पाठ्यपुस्तक सामग्रीको विक्रीमा गिराबट

न्यूज अपडेट चितवन, २७ असार लामो समयको लकडाउनका कारण बन्द भएको शैक्षिक संस्थाहरु सञ्चालनमा आउंँदा पाठ्यपुस्तक सामग्रीको विक्री न्यून भएको छ । शैक्षिक सत्र शुरु भएपनि अधिकांश संस्थागत विद्यालयमा अनलाइन कक्षाबाट पठनपाठन हुदै आएको र सामुदायिक विद्यालयका विद्यार्थीहरुले समेत पाठ्यपुस्तक प्रयोग नगर्दा यी सामग्रीको कारोबारमा कमी आएको हो । गतसालको तुलनामा यस शैक्षिक सत्रमा झण्डै […]

Continue Reading

स्वस्छ पिउने पानीका लागि गाउँपालिकाद्वारा फिल्टर वितरण

न्यूज अपडेट दोलखा, २७ असार दोलखाको शैलुङ गाउँपालिकाले स्वच्छ पिउने पानीका लागि फिल्टर वितरण गरेको छ । गाउँपालिकाले पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत फिल्टर वितरण गरेको हो । शैलुङ गाउँपालिका वडा नम्बर ५ का स्थानीय वासिन्दाले पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत स्वच्छ पानीका लागि फिल्टरको माग गरेकोले गाउँपालिका र स्थानीय वासिन्दाहरुको साझेदारीमा फिल्टर वितरण गरिएको गाउँपालिकाका अध्यक्ष […]

Continue Reading

उचित व्यवस्थापनकाे अभावमा सुकुम्बासी वस्ती जोखिममा

न्यूज अपडेट धरान, २७ असार वर्षा शुरु भएसँगै खोला किनारामा बस्दै आएका सुकुम्बासी बस्तीवासीहरु रातभर जागै बस्ने गरेका छन् । वर्षाले घर बगाउला कि भत्काउला भन्ने चिन्तामा सदैव रहने गर्छन् । खोला बाढीको जोखिममा रहेका सुकुम्बासी वस्ती जोगाउने नारा अहिलेसम्म चुनाव ताका मात्रै घन्किने गर्दछ । तर चुनाव जितेपछि वस्ती जोगाउन तटबन्धनका लागि कसैको पनि […]

Continue Reading

खारा पहिरो रोकथामको झण्डै ३० वर्ष, ४ करोड लगानी उपलब्धी शून्य

न्यूज अपडेट सल्यान, २७ असार बर्षायाम शुरु भएसँगै सबैले सम्झिन्छन् सल्यानको खारा पहिरो । खारामा पहिरो गएको दशकौँ भएपनि यसको रोकथाम तथा नियन्त्रणमा उपलब्धीमुलक कुनै कार्य भएको छैन । जिल्लाको कपुरकोट गाउँपालिका–३ कपुरकोटमा पर्ने खारा पहिरोको रोकथाम तथा नियन्त्रणका लागि वि.सं. २०५२ देखि बिभिन्न कार्यहरुको थालनी गरिएको थियो । तर अहिलेसम्म पनि पहिरो नियन्त्रण हुन […]

Continue Reading

सुर्खेतबाट हेलिकोप्टरमा राहत बोकेर बारेकोटतर्फ

न्यूज अपडेट सुर्खेत, २७ असार सुर्खेतबाट राहत सामग्री बोकेर नेपाली सेनाको हेलिकोप्टर जाजरकोट बारेकोट गएको छ । बिहीबार राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–४ जिरीको पहिरोले दुई घर बगाउँदा सात जनाले ज्यान गुमाएका र पाँच जना बेपत्ता रहेका पीडित परिवारलाई राहत सामग्री लिएर हेलिकोप्टर त्यसतर्फ गएको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर […]

Continue Reading

कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयनमा जटीलता, बजेटबारे वडाध्यक्ष अनभिज्ञ

न्यूज अपडेट वीरेन्द्रनगर, २७ असार कर्णाली प्रदेश सरकारले ग्रामीण क्षेत्रमा विद्युतको पहुँच पुर्‍याउन शुरु गर्ने भनिएको ‘कर्णाली उज्यालो’ कार्यक्रम कार्यान्वयनमा जटिलता देखिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको उक्त कार्यक्रमको आर्थिक वर्ष सकिनै लाग्दा मात्रै स्थानीय तहहरूमा बजेट अख्तियारी पठाइँदा लघु जलविद्युत आयोजनाहरूको काम अलपत्र भएको हो । ‘कर्णाली उज्यालो’ का लागि स्थानीय तहमा […]

Continue Reading

जनसंख्या व्यवस्थापन सरकारको प्राथमिकतामा : स्वास्थ्यमन्त्री ढकाल

न्यूज अपडेट काठमाडाैं, २७ असार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जनसंख्या व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्। २५औँ विश्व जनसंख्या दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले जनसंख्या वृद्धिमा सन्तुलन, प्रजनन स्वास्थ्यमा सुधार, प्रजनन अधिकारको पृष्ठपोषण, बालविवाहमा कमी, सुरक्षित मातृत्वलगायतका क्षेत्रमा प्रगति गरिसकेको समेत बताए। मन्त्री ढकालले जनसंख्या विकासको मूल आधार मात्र नभई देशको अस्तित्व […]

Continue Reading

कतारबाट फर्किएका १४९ जनालाई खरिपाटी क्वारेन्टाइन लगियो

न्यूज अपडेट भक्तपुर, २७ असार कोरोना संक्रमणको आशंका भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, ६ महिलासहित १४९ जनालाई भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको छ। कतार एयरवेयजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकामध्ये केहीलाई कोरोना संक्रमणको आशंका भएपछि विमानस्थलबाट नौवटा गाडीमा राखेर सिधै खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्। क्वारेन्टाइनमा लगेर पीसीआर परीक्षणको […]

Continue Reading

नेपालमा थप ३ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३८ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २७ असार नेपालमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३८ पुगेको छ। काठमाडौंका दुई र सिन्धुपाल्चोकका एक संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंको वडा नं १० शंखमूलका ६० वर्षीय पुरुषको उपचारको क्रममा पाटन अस्पतालमा असार २६ गते मृत्यु भएको मन्त्रायलका […]

Continue Reading