पछिल्लो २४ घन्टामा ३२१५ जना कोरोनामुक्त, संक्रमणमुक्त हुनेको संख्या एक लाख  

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ६ कात्तिक

पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय १५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

यो सँगै नेपालमा  एक लाख २ हजार ८ सय २० जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ६९ दशमलभ २ प्रतिशत रहेको छ।

मन्त्रालयका अनुसार १५ हजार २ सय ५५ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १३ लाख ५० हजार १ सय ५२ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ३ हजार ७ सय ५१ जना क्वारेन्टाइनमा छन्।  नेपालमा ४४ हजार ८  सय ७७ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

कुन प्रदेशमा कति डिस्चार्ज 
प्रदेश १ –९१४३
प्रदेश २– १५९३०
बाग्मती प्रदेशमा –४७५७७
गण्डकी प्रदेशमा –५०६८
लुम्बिनी प्रदेशमा –१२८५६
कर्णाली प्रदेशमा –४१२५
सुदूरपश्चिम प्रदेशमा ८१२४

Leave a Reply

Your email address will not be published. Required fields are marked *