कतारबाट फर्किएका १४९ जनालाई खरिपाटी क्वारेन्टाइन लगियो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

भक्तपुर, २७ असार

कोरोना संक्रमणको आशंका भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, ६ महिलासहित १४९ जनालाई भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको छ।

कतार एयरवेयजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकामध्ये केहीलाई कोरोना संक्रमणको आशंका भएपछि विमानस्थलबाट नौवटा गाडीमा राखेर सिधै खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।

क्वारेन्टाइनमा लगेर पीसीआर परीक्षणको तयारी गरिएको उनले जानकारी दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *