म्याग्दी पहिरो : मृतकको संख्या २० पुग्यो, १३ जना अझै वेपत्ता

न्यूज अपडेट म्याग्दी, २७ असार म्याग्दीका विभिन्न स्थानमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ । बिहीबारदेखि लगातार परेको बर्षासँगै धवलागिरि, मालिका र रघुगंगा गाउँपालिकामा खसेको पहिरोमा परेर २० जनाको मृत्यु भएको हो । पहिरोले पुरिएका मराङको ठूलोगाउँका ६२ वर्षीय तुलबहादुर केसीको शव शुक्रबार भेटिएको थियो । बाँकीको शव शनिबार भेटिएको हो । […]

Continue Reading

३३ किलो सुन प्रकरणका आरोपीलाई यूएईबाट काठमाडौं ल्याइयो

न्यूज अपडेट काठमाडाैं, २७ असार यूएईमा पक्राउ परेका ३३ किलो सुन तस्करी प्रकरणका एक आरोपीलाई नेपाल ल्याइएको छ । इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि यूएईमा समातिएका हरिशरण खड्कालाई आवश्यक कानूनी प्रक्रिया पुरा गरेर शनिबार काठमाडौं ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका बरिष्ठ प्रहरी उपरीक्षक रामकृपाल साहका अनुसार उनलाई काठमाडौं उत्रिएपछि गौशाला प्रहरीको जिम्मा लगाइएको छ […]

Continue Reading

थप ७० जनामा कोरोना संक्रमण पुष्टि, ४३१ डिस्चार्ज

न्यूज अपडेट काठमाडाैं, २७ असार पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस -कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । साथै थप तीन जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएको छ । काठमाडौंका दुई र सिन्धुपाल्चोकका एक पुरुषको मृत्यु भएको […]

Continue Reading

“नेमकिपा फुटाउनेहरू आफैँ फुट्दै छन्”

न्यूज अपडेट भक्तपुर, २७ असार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले फुटको राजनीति गर्नेहरू फुटेरै समाप्त हुने बताएको छ । बिहीबार योहो टेलिभिजनमा सञ्चारकर्मी जीवराम भण्डारीसँग समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी गर्दै उनले हिजो नेमकिपालाई फुटाउन लाग्नेहरू आपसमा फुटेर नै सकिने बताए । उनले भने, “जो आगोसँग खेल्छ, ऊ आगोमै मर्छ, जो पानीसँग […]

Continue Reading

माइतीघरमा खोकनावासीकाे प्रदर्शन

न्यूज अपडेट काठमाडाैं, २७ असार २६ असार, काठमाडौं । सरकारले सञ्चालन गर्न लागेका विभिन्न आयोजनाले आफूहरूलाई उठिबास गराउन लागेको भन्दै खोकनावासीले विरोध प्रदर्शन गरेका छन् । जनसरोकार समिति खोकनाले काठमाडौं तराई मधेश द्रुतमार्गको प्रवेश विन्दु खोकनाबाट सानुपर्ने लगायतका माग राखेर शुक्रबार माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् । द्रुतमार्ग, १३२ केभी हाईटेन्सन लाईन, बाहिरी चक्रपथ, बागमती […]

Continue Reading

अरनिको राजमार्गमा ११ ठाउँमा ठूलो क्षति, बाटो खुलाउन पहल शुरु

न्यूज अपडेट काठमाडाैं, २७ असार गत बुधबार राति आएको बाढीपहिरोले अवरुद्ध भएको अरनिको राजमार्ग सन्चालनको पहल शुरु भएको छ । तत्कालीन उपाय अपनाएर सडक सम्पर्क स्थापित गर्ने पहल शुरु भएको हो । सडक सन्चालनको तयारीबारे सभामुख अग्नि प्रसाद सापकोटाले सरोकारवाला निकायका पदाधिकारीहरुसँग छलफल गरेका छन् । बिहीबार मात्रै सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेको जम्बु क्षेत्रको अवलोकन गरेर […]

Continue Reading

१० दिनमै बढाइयो पेट्रोल-डिजेलको मूल्य

न्यूज अपडेट काठमाडाैं, २७ असार नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरेको हो । सरकारले असार १६ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । १० दिनकै बीचमा पेट्रोलको मूल्य लिटरमा ६ र डिजेलमा ३ रुपैयाँले बढेको छ । अब पेट्रोलको मूलय […]

Continue Reading

५५०० रुपैयाँमा हुन्छ यी ९ प्रयोगशालामा पीसीआर परीक्षण, कहाँ कतिले गरे परीक्षण?

न्यूज अपडेट काठमाडाैं, २७ असार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत जेठ २० गते ‘नेसनल टेस्टिङ गाइलाइन फर कोभिड–१९’ मापदण्ड निर्धारण गर्‍यो। यो मापदण्डले पिसिआर परीक्षणको दायरालाई खुम्चाइदिएको छ। त्यसैले पनि नेपालमा पीसीआर परीक्षण निश्चित व्यक्तिले मात्र गर्न पाउँछन्। लक्षण भएका, संक्रमित व्यक्तिको सम्पर्कमा आएका, ज्वरो खोकीको लक्षण भएका र अस्पतालमा भर्ना गर्नुपर्ने व्यक्तिको मात्र सरकारले […]

Continue Reading

काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, २७ असार पछिल्लो २४ घण्टामा उपत्यकामा ४२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८ जना, ललितपुरमा १३ जना र भक्तपुरमा १ संक्रमित देखिएका छन्। हालसम्म उपत्यकाका काठमाडौंमा २२४ जना, ललितपुरमा ६९ र भक्तपुरमा ४४ जना संक्रमित देखिएका छन्।  उपत्यकामा तीन जिल्लामा हालसम्म २२७ कोरोना संक्रमित देखिएका छन्। […]

Continue Reading

देशभर १६ हजार ६४९ कोरोना संक्रमित, कुन जिल्लामा कति?

न्यूज अपडेट काठमाडाैं, २७ असार शुक्रबार साँझसम्म देशभर संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ । गत २४ घण्टामा मात्र १ सय १८ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये ८ हजार ६ सय ३ जना मात्र सक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। २ सय […]

Continue Reading