जारी ‘लकडाउन’ साउन ७ सम्म लम्ब्याउने मन्त्रिपरिषद बैठकको निर्णय, हवाई उडान र सीमा नाका पनि बन्द रहने

राजनीति विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, १५ असार

सरकारले लकडाउनलाई आगामी साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पछिल्लो समय लकडाउन खुकुलो बनाएको सरकारले अहिलेकै मोडालिटीमा लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

यस्तै हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म बन्द रहने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको थियो । सोहीअनुसार हाल स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला छन् भने सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ । यस्तै उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको छ । यस्तै सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *