असार १३ गते शनिवारको राशिफल

कला/साहित्य समाचार

न्यूज अपडेट

भक्तपुर, १३ असार

श्री शाके १९४२ बि.स.२०७७ साल असार १३ गते शनिबार इश्वी सन २०२० जुन २७ तारीख आषाढ शुक्लपक्ष सप्तमी तिथी पूर्वफाल्गुनी नक्षत्र १०ः३४बजे सम्म पश्चात उत्तरफाल्गुनी नक्षत्र व्यतीपात योग गर करण चन्द्रंमा सिहं राशिमा आनन्दादि योगमा लुम्ब योग प्रमादीनाम संवत्सर सूर्य उत्तरायण ग्रीष्म ऋतु देवपाटनमा गङ्गामाई रथयात्रा सूर्य पूजा

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): शारिरीक आलस्यताको सामना गर्नु पर्ला । मनोरञ्जनका निम्ति सामान्य खर्चको सम्भावना रहेकोछ । आम्दानी क्षेत्र मध्यमनै रहेता पनि इष्टमित्रका निम्ति सामान्य खर्च हुन सक्ने सम्भावना रहेको छ । बौदिक क्षेत्रका ब्यक्तित्वसँगको संगत द्वारा मन प्रशन्न रहला । कार्यप्रतिको लगनसिलतामा बृद्वि हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): पारीवारिक मेल मिलाप बढे तापनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुने योग रहेको छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । आय मुलक कार्यको थालनी हुनेछ । मान्यजनको साथ सहयोगद्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पुरानो लगानी उठाउन समयले साथ दिनेछ ।सामान्य कार्यको निम्ति धेरै समय ब्यतित हुनाले मानसिक तनाबको सामना गर्नु पर्नेछ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सामान्य चोटपटकको शिकार भईन सक्छ सजग रहनु होला । मान्यजनसंगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन् । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन् । आजको कार्यले भोलिलाई फाइदा रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): निर्णय गर्ने क्षमतामा कमी आउनेछ । नयाँ कार्य थालनीका निम्ति आट र साहशको कमी आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबी देखा पर्नेछ । साझेदारी कार्यमा हात नहालेकै बेश रहनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): एकान्त वातावरणमा मन रम्नेछ । नयाँ कार्य क्षेत्रमा लगानी नगरेकै बेश हुनेछ । खराब संगतका कारण सामान्य अपजस सहनु पर्ला । जीबनसाथीको सहयोग द्वारा गरिएका काममा सफलता प्राप्त हुनेछ । अनावश्यक खर्चको सम्भावना रहेकोछ । गैर ब्यक्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): पुरानो लगानी उठाउने राम्रो समय रहेको छ । मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्नेछ । प्रतिस्पर्धा मुलक कार्यमा बिशेष सफलता प्राप्त हुने योग रहेको छ । अध्ययन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानी लिन सकिनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसायबाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ । अप्रिय खवरको श्रवणले मनमा सामान्य चिन्ता प्राप्त रहने दिन रहेकोछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): साझेदारी कामका क्षेत्रमा सामान्य झन्झट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा बिशेष सावधानी अपनाउनु होला । अरुद्वारा सम्पादित कार्यको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहला । मानसम्मानमा आधात पर्नसक्ने सम्भावना रहेकोछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । ईष्टमित्र बिच सामान्य वादविवादको योग रहेको छ । स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागिता जनाउने अवसर प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): प्रेम सम्बन्धमा सुधार आउनेछ । जीवनसाथीको साथ सहयोग द्वारा आम्दानी क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । आम्दानी मध्यम रहला ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): बोल्दा सजग रहनु होला बोलीको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन् । स्वास्थ सम्बन्धी समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थिक अभाबको सामना गर्नु पर्ला । प्रतिस्पर्धीहरु सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ ।

तपाईको दिन शुभ रहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *