कोरोना संक्रमितको शव लैजाँदा शवदाह गृहका कर्मचारी भागे

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, १५ जेठ

काठमाडौंको पशुपतिनाथस्थित शवदाह गृहमा कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव ल्याउँदा कर्मचारी भागेका छन् ।

बिहीबार साँझसम्म शव जलाइरहेका उनीहरु कोरोनाका कारण मृत्यु  भएका व्यक्तिको शव ल्याउने बेलामा शव दाह गृहमा ताल्चा लगाएर भागेका हुन् ।

ललितपुरस्थित किस्ट अस्पतालमा बुधबार साँझ मृत्यु भएका बुङ्मतीका एक पुरुषलाई दाह संस्कारका लागि शव लैजाँदा शवदाह गृह बन्द थियो ।

अस्पतालबाट मृतक पुरुषको शवलाई विश्व स्वास्थ्य संगठनको नियम पालना गरेरै लगिएको थियो ।

तर शव दाह गृहमा कर्मचारी नभएपछि अर्को घाटबाट कर्मचारी ल्याई उनीहरुलाई प्रहरीले व्यक्तिगत सुरक्षा  सामग्री (पीपीई) दिएपछि शव जलाउने प्रक्रिया सुरु भएको थियो ।

यद्यपि, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले भने शव दाहगृह बन्द नभएको बताए । उनले ६ बजे नियमित शवदाह गृह बन्द हुने गरेकोले शवदाह गृहमा ताल्चा लगाएको देखिए पनि केहीबेरमा नै शवदाह गृह खुला गरेर मृतकको अन्त्येष्टि सुरु गरिएको बताए ।

यसअघि कोरोना संक्रमित सिन्धुपाल्चोककी महिलाको पनि शव दाहगृहमै शव अन्त्येष्टि गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *