सूर्यविनायककाे बजेत १ अर्ब ४८ कराेड

अर्थ/वाणिज्य समाचार

न्यूज अपडेट
भक्तपुर, १२ असार

आर्थिक बर्ष २०७७/०७८ का लागि सातौं नगरसभाबाट उपप्रमुख जुना बस्नेतले रु १ अर्व ४८ करोड रकम विनियोजन गरेको छ । कुल
विनियोजन मध्ये चालुतर्फ रु १३ करोड ४० लाख, सामाजिक सुरक्षातर्फ रु ९ करोड, विषयगत शाखातर्फ रु
९ करोड ४५ लाख ९१ हजार, शसर्त कार्यका लागि रु ३१ करोड ८८ लाख ५९ हजार र पुँजीगततर्फ
रु ८४ करोड २५ लाख ५० हजार रकम विनियोजन गरेको हो ।

कुल विनियोजित बजेटमा साधारण खर्च ९ दशमलव ०५ प्रतिशत, सामाजिक सुरक्षा खर्च ६ दशमल ०८
प्रतिशत, विषयगत शाखाको ६ दशमलव ३९ प्रतिशत, शसर्त कार्यको लागि २१ दशमल ५४ प्रतिशत
र पुँजिगत खर्च ५६ दशमलव ९४ प्रतिशत हुन आएको उनले बताइन् । उक्त बजेट आर्थिक बर्ष २०७६/०७७ को
तुलनामा ११३ दशमलव ८५ प्रतिशतले वृद्धि हुन आउँछ ।
उनले वडातहको कूल बजेट १२ करोड ७० लाख मध्ये १० करोड पुँजीगत तर्फ र विषयगत शाखा लक्षित
तथा कोभिड १९ संक्रमण नियन्त्रणका लागि प्रत्येक वडाका लागि कम्तीमा रु २० लाखका दरले रु २
करोड र नगर प्रमुख रोजगार तथा सीप विकास कार्यक्रमका लागि प्रत्येक वडामा रु ७ लाखका दरले
रु ७० लाख बरावरका कार्यक्रमहरु छनोट गरी स्वीकृतिका लागि पेश गरेकी हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *