खरिपाटी क्वारेन्टिनबाट घर गएका चार जनामा कोरोना संक्रमण पुष्टि

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

भक्तपुर, ११ असार

भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनबाट घर गएका चार जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

उनीहरु २३ जेठमा यूएईबाट नेपाल आएका थिए । एयर अरेबियाको जी ९ १७५१ नम्बरको विमानले १५७ जनालाई काठमाडौं ल्याएर छाडेको थियो ।

उनी लामो समयसम्म स्वाब संकलन गर्ने वा नगर्ने अन्यौल थियो । १४ दिन बसेपछि स्वाब संकलन गरेर पठाइयो । त्यसको तीन दिनपछि उनीहरु घर गए ।

तर बिहीबार १० मध्ये एक महिला र तीन पुरुष गरी ४ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाका स्वास्थ्य प्रमुख कृष्णबहादुर मिजार भन्छन्, ‘उहाँहरुको स्वाब संकलन गर्ने नगर्ने नै अन्यौल थियो । स्वाब लिएपछि पनि रिपोर्ट आउन ढिला भएपछि तीन दिन अगाडि घर जानुभयो ।’

अब संक्रमण पुष्टि भएकाहरुलाई पाटन अस्पताल जान भनिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *