भक्तपुर बचतमा सानिटाइजरको प्रयोग, काराेबार नियमित

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

भक्तपुर, ९ चैत

भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले विश्वमा भयावह अवस्थामा आएको कोरोना भाइरस न्यूनीकरण गर्न आइतवारदेखि संस्थाको प्रवेशद्वारमा सानिटाइजरको प्रयोग गरेको छ । कुनै पनि बेला संक्रमण हुन सक्ने अवस्थालाई ध्यानमा राखी संस्थाले ज्वरो समेत परीक्षण गरिरहेको बताइएको छ ।
संस्थामा कारोबार गर्न आउने हरेक व्यक्तिलाई सानिटाइजर अनिवार्य गरेको छ । त्यसपछि मात्र कारोबार गर्न दिइएको संस्थाले जानकारी दिएको छ । नेपाल सरकारले सबैखालका सरकारी कार्यालय बन्द गरेको यस अवस्थामा भक्तपुर बचतले भने सदस्यहरूकाे कारोबारलाई ध्यानमा राखी अर्को
सूचना प्रकाशन नभएसम्मका लागि सम्पूर्ण कारोबारलाई निरन्तरता दिइरहेको संस्थाका का.मू. व्यवस्थापक सत्यनारायण साँयजूले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *