काठमाडौं उपत्यकामा बिहीबार ९ संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमडाैं, ११ असार

काठमाडौं उपत्यकाभित्र ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। एक जना संक्रमितको ज्यान गएको छ।

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरूषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

ललितपुरको पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका दुई महिला, दुई पुरूष र ललितपुरका एक पुरूषमा संक्रमण पुष्टि भएको हो।

त्यस्तै  त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल, महाराजगन्जमा गरिएको परीक्षणमा भक्तपुरका एक महिला र तीन पुरूषमा संक्रमण  पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ललितपुरको महालक्ष्मी–५ का ती पुरूषको बिहीबार बिहान मृत्यु भएको हो।

बिहीबार ४ सय ३४ कोरोना संक्रमित थपिएका छन्। हालसम्म नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ हजार १ सय ६२ पुगेको छ। मृत्यु हुनेको संख्या २६ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *