वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १८ साउन

वीरगञ्जमा थप कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ । वीरगञ्जमा कोरोना भाइरसको अवस्था झनै भयावहक बन्दै गइरहेको छ । बीरगञ्जमा मात्र कोरोन भाइरसबाट दैनिक मृत्यु हुन पुगेको छ । यो सँगै बीरगन्जमा मात्र मृत्यु हुनेको संख्या १० पुगेको छ ।

नारायणी वयोधा अस्पतालमा मृत्यु भएकी वीरगञ्ज १६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बयोधा अस्पतालमा साउन १४ गते बुधबार भर्ना भएकी उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो । तर उनको कोराना भाइरसको रिर्पोट नआउदै उनको निधन भएको अस्पताले जनाएको छ।

र, शुक्रबार राति पोजेटिभ रिपोर्ट आएको छ । शुक्रबार भएको भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जानकारी दिएको छ ।
उनी सुगर निमोनियाले ग्रस्त रहेको अस्पताले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *