असार ७ गते सूर्यग्रहण, कुन राशिलाई शुभ कुनलाई अशुभ ?

कला/साहित्य समाचार

न्यूज अपडेट

काठमाडौं, २ असार

नेपालबाट असार ७ गते सूर्यग्रहण देखिदै छ । यो ‘वलय सूर्यग्रहण’ हो तापनि नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिन्छ ।

नेपालका लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने र काठमाडौंबाट ८८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने वाल्मिकी क्याम्पसका सहप्राध्याक तथा वरिष्ट खगोलविद जयन्त आचार्यले जानकारी दिए ।

नेपालमा विहान १० बजेर ५५ मिनेटबाट सुरु हुने सूर्यग्रहण अपरान्ह दुई बजेर २४ मिनेटमा समाप्त हुने छ । मध्याह्न १२ बजेर ४१ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब ८८ प्रतिशत ढाकिएको देखिन्छ । उक्त समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुने छ ।

यदि धर्मशास्त्रमा विश्वास गर्ने हो भने यो सूर्यग्रहण मेषराशि, सिंहराशि, कन्याराशि तथा मकर राशीभएका मानिसले मात्र हेर्न हुन्छ । तथापि वैज्ञानीकहरू भने सूर्यग्रहण जो कोहिले सुरक्षित तरिका अपनाएर हेर्न हुने मान्दछन् ।

चन्द्रग्रहण हेर्दा हाम्रो आँखामा कुनै असर गर्दैन तर सूर्यग्रहण नांगो आँखाले हेर्दा त्यसले हाम्रो दृष्टिसमेत गुम्न सक्ने भएकाले अत्यन्तै सावधानी अपनाउनु पर्ने खगोलविदहरु बताउँछन् । सूर्यग्रहण हेर्नलाई बनाइएको विशेष चस्माको प्रयोग गर्न सकिन्छ ।

साधारण मानिसका लागि ग्रहण एउटा अनौठो तथा असाधारण घटना हो भने खगोलविद्हरुका लागि यस्तो घटना आफ्नो गणित जाच्ने सुनौलो अवसर हो । वैज्ञानिक तथा खगोलविद्हरु सूर्य, चन्द्र र पृथ्वीको सही दूरी मापन गर्न ग्रहणको उपयोग गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *