भक्तपुरमा २८ सहित काठमाडौं उपत्यकामा १६६ संक्रमित थपिए, संक्रमितको संख्या ३२६२ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ७ भदाै

आइतबार काठमाडौं उपत्यकामा १६६ संक्रमित थपिएका छन्।

काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ६२ पुगेको छ।

त्यसैगरि, काठमाडौंमा २ हजार ५७९, ललितपुरको ४११ र भक्तपुरमा २७२ संक्रमित पुगेका छन्।

आइतबार देशभर ८१८ नयाँ संक्रमित थपिएका छन्। देशभर हालसम्म ३१ ह्जार  हजार ९३२ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *