असार २ गते मंगलबारको राशिफल

कला/साहित्य समाचार

न्यूज अपडेट

भक्तपुर, २ असार

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिन रचनात्मक तथा शारीरिक उन्नतिदायक कार्यमा सफलता दिने खालको रहनेछ । अन्नधन बढ्नेछ । मान पुरस्कार प्राप्तिको अबसर पाउन सकिनेछ । खेलकुद र भ्रमणमा रुचि होला । मिठो भोजन खान पाउनु हुनेछ । आयवृद्धि हुनेछ । हांसविलासमा आकर्षण बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । भागदौड भैरहनेछ । लगानी उठ्ला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन शुभ र भाग्यवर्द्धक रहला । उन्नति–पदोन्नति हुनेछ । आयस्रोत बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यता बढ्ला । साझेदारीसित सम्बन्धित काम बन्नेछ । सुख सम्पति वृद्धि होला । रसरागमा आकर्षित हुनु हुनेछ । मान पुरस्कारको प्राप्ति हुनेछ । भोज भतेरमा भाग लिनुहुनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): यात्रा होला । अन्न धन बढ्नेछ । दूर देशबाट शुभ समाचार सुन्नुहुनेछ । आयमा वृद्धि होला । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखा पर्ला । ऐश्वर्य बढ्नेछ । रोकिएको धन मिल्नेछ । कार्यमा सफलता पाउनुहुनेछ । आरोग्यता बढ्ला । आफन्तको सहयोग मिल्नेछ । विजयश्री प्राप्त होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): भोगविलासमा रुचि बढ्ला । भागदौड लागि रहनेछ । समस्याको समाधान प्राप्त होला । विवादमा नपर्नु हितकर होला । आफ्नै बल विवेकले काम गर्नु हितकर होला । जोखिममा नपर्नु हितकर होला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): ऋण रोग र शत्रुप्रति जित होला । अस्तव्यस्ततामा कमी हुनेछ । काममा विजय प्राप्त होला । देखिएको समस्या समाधान हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): मिठो भोजन मिल्नेछ । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । यात्रामा सफलता प्राप्त होला । धनसम्पति ऐश्वर्य बढ्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । सबै प्रकारले अनुकुलता वृद्धि हुनेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्ला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): ग्रहगोचर शुभ फलदायक रहला । अरुको भर नपरी आफ्नै बलबिबेकले कार्य गर्नु उचित रहनेछ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । मान सम्मानमा निरन्तर वृद्धि भैरहनेछ । मिठो भोजन खान पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समय अनुकूल फलदायक रहला । प्रेममा सफलता मिल्नेछ । इष्टमित्र सुख सन्तति बढ्नेछ । विवादमा नपर्नु हितकर होला । आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । आर्थिक पक्ष पनि बलियो बन्नेछ । लगानी वृद्धि हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । उन्नति पदोन्नति हुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): धनको आवागमन भैरहनेछ । भागदौड बृद्धि हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनु हुनेछ । दैनिक काममा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । सुख समृद्धि बढ्नेछ । विवादमा नपर्नु बेस होला । मिहीनेतयुक्त काममा रूचि बृद्धि होला । अरुको भर नपर्नु नै हितकर रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आशा उत्साह बढ्ला । यात्रा होला । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । यश वर्चश्व बढ्ला । विजयश्री मिल्नेछ । आयस्रोत बढ्ला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ । लगानी उठ्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । मान प्रशंसा बढ्नेछ । शुभ समाचार प्राप्त होला । विकासको नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता वृद्धि होला । यात्रापरक काममा सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । व्यस्त रहनु हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आरोग्यता बढ्ला । सुख शान्ति बढ्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न भैहाल्नेछ । शुभ काममा भाग लिनुहुनेछ । यश वर्चश्व बढ्ला । धन यश मान पद प्रतिष्ठा बढ्ला । शुभ काम बन्नेछ । गौरव बढ्ला । सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । सुखको वस्तुको लागि धन खर्च गर्नुहुनेछ । आंट पराक्रम बढ्नेछ । ऐश्वर्य वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *