काठमाडाैं उपत्यकामा थपिए ३ हजार ६६६ कोरोना संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, २१ बैशाख

काठमाडाैं उपत्यकामा एकै दिन ३ हजार ६६६ काेराेना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा २ हजार ९२२, भक्तपुरमा २२२ र ललितपुरमा ५२२ गरी ३ हजार ६६६ काेराेना संक्रमित थपिएका हुन्।

काठमाडाैं उपत्यकामा निषेधाज्ञा जारी रहेपनि काेराेना संक्रमितकाे संख्या भने लगातार उकालाे लाग्ने क्रममा रहेकाे छ।

आइतबार मात्रै काठमाडाैंमा २ हजार ७४४, भक्तपुरमा ३०१ र ललितपुरमा ५५० गरी ३५९५ काेराेना संक्रमित थपिएका थिए।

याे संख्या अहिलेसम्म कै उच्च हाे।

शनिबार काठमाडाैंमा १ हजार ९३२, भक्तपुरमा २०८ र ललितपुरमा ३५५ गरी २ हजार ४९५ काेराेना संक्रमित थपिएका थिए।

यस्तै, शुक्रबार काठमाडाैंमा २ हजार ४०४, भक्तपुरमा १३३ र ललितपुरमा ४१९ गरी  २ हजार ९५६ संक्रमित थपिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *