कोरोना अपडेट : मृतकको संख्या ३७ हजार ६३८ जना, निकाे भएकाे १ लाख ६५ हजार २८८ जना 

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

कोरोना भाइरस (कोभिड-१९) बाट ज्यान गुमाउनेको संख्या ३७ हजार ६ सय ३८ पुगेको छ।

कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार, मंगलवार बिहान ७ः३० बजेसम्म ७ लाख ८४ हजार ३ सय १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै, एक लाख ६५ हजार २८८ जना उपचारपछि निको भएका छन्।

संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणको दर यस समयसम्ममा १ लाख ६३ हजार ४२९ जनासँग भएकाे पुष्टी भएकाे छ।

जवकि  साेमवार यही समयसम्ममा १ लाख ४२ हजार १०६ जनालाई संक्रमण पुष्टि भएको हाे।

अमेरिकापछि संक्रमितको संख्या उच्च रहेको देशमा इटाली छ। त्यहाँ १ लाख १ हजार ७३९ जनालाई संक्रमण पुष्टि भएको छ।

इटालीमा ज्यान गुमाउनेको संख्या ११ हजार ५९१ पुगेको छ।

नेपालममा हालसम्म ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये एक जना उपचारपछि निको भइसकेका छन्। तीन जना टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा र एकजना धनगढीस्थित सेती अस्पतालमा उपचाररत छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *