कोरोना अपडेट : नेपालमा सोमबार साँझसम्म ३७६२ संक्रमित, कुन उमेरका कति?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, २६ जेठ

नेपालमा सोमबार साँझसम्म ३ हजार ७ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये ३ हजार ५ सय ६ जना पुरुष छन् भने २ सय ५६ जना महिला छन्।

नेपालमा संक्रमण देखिएकामध्ये ४८८ जना उपचारपछि निको भएका छन् भने १४ जनाको मृत्यु भएको छ।

सोमबार मात्र नेपालमा थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

कोरोनाको आशंकामा गत २४ घण्टामा ४ हजार ७ सय ६६ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ।

नेपालमा हालसम्म २ लाख ५७ हजार ९ सय ६२ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख ९ सय ७१ जनाको पिसिआर र १ लाख ५६ हजार ९ सय ९१ आरडिटीको परीक्षण भएको मन्त्रालयको तथ्यांक छ।

मुलुकभर हाल ३ हजार २ सय ६० जना अस्पतालको आईसोलेसन र १ लाख ६६ हजार ६ सय ६८ जना क्वारेन्टाइनमा छन्।

कुन उमेरका कति संक्रमित?

नेपालमा संक्रमण देखिएकामध्ये सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेरमा देखिएको छ। तथ्यांक अनुसार २१ देखि ३० वर्षका १ हजार ४ सय ४९ जनामा संक्रमण देखिएको छ। त्यसपछि ११ देखि २० वर्षका ९६०, ३१ देखि ४० वर्षका ८१ जनामा संक्रमण देखिएको छ।

कुन प्रदेशमा कति?

Leave a Reply

Your email address will not be published. Required fields are marked *