नेप्सेको टिएमएसमा आइतबार पनि प्राविधिक समस्या, कारोबार रोक्का हुँदा लगानीकर्तामा चिन्ता

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, २८ भदाै

नेप्से कारोबार व्यवस्थापन प्रणाली (टिएमएसमा) आइतबार पनि  प्राविधिक समस्या आएको छ।  टिएमएसमा समस्या आएपछि लगानीकर्ताले कारोबार गर्न पाएनन्।

गत बिहीबार पनि सोही समस्याका कारण सेयर कारोबार प्रभावित भएको थियो। नेप्सेको टिएमएसमा बारम्बार आएको यस्तो समस्याले लगानीकर्ताहरु चिन्तित छन्। समाधानका लागि नेप्सेले दिगो काम गर्नुपर्ने उनीहरूको भनाइ छ।

नेप्सेले उक्त समस्या आएपछि ११ बजेर २५ मिनेटपछि कारोबार रोक्का राखेको छ। समस्या समाधानका लागि प्रयास भइरहेको नेप्सेले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *