अस्पतालमा उपचाररत बिरामीमा कोरोना देखिएपछि प्रहरी अस्पताल सिल

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, २५ जेठ

काठमाडौंको महाजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा तीन जना कोरोना संक्रमित फेला परेपछि अस्पताल सिल गरिएको छ । शनिबार काठमाडौंमा चार जना कोरोना संक्रमित फेला परेका थिए । जसमध्ये तीन जना प्रहरी अस्पतालमा उपचाररत बिरामी रहेका थिए ।

अहिले अस्पतालमा सङ्क्रमितको सम्पर्कमा आएका ३० जना चिकित्सक र नर्सलाई क्वारेन्टिनमा राखिएको नेपाल प्रहरी अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार अहिले अस्पताललाई डिसइन्फेक्ट गरेर सञ्चालनमा ल्याइने बताइन् ।  अहिले दुई जनालाई सशस्त्र प्रहरीको बलम्बुस्थित कोरोना विशेष अस्पतालमा लगिएको छ ।

बाँकी एक जनालाई भने त्रिवि शिक्षण अस्पताल टिचिङ अस्पताल लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *