सोमबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १७ कात्तिक

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार ९ सय ३३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को इलाममा २, उदयपुरमा ५, ओखलढुंगामा १, झापामा ६०, तेह्रथुममा २, धनकुटामा २, मोरङमा ३९, सुनसरीमा ८५, सोलुखुम्बुमा २९ र संखुवासभामा २ जनामा कोरोना छ।

प्रदेश २ को धुनषामा २३, पर्सामा १५, बारामा ९, महोत्तरीमा ६, रौतहटमा ३२, सप्तरीमा ३, सर्लाहीमा ७ र सिरहामा ९ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ३ सय २९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ८५, चितवनमा १ सय ६८, दोलखामा ८, धादिङमा १४, नुवाकोटमा १९, भक्तपुरमा १ सय ८, मकवानपुरमा ३३, रसुवामा ८, रामेछापमा ३, ललितपुरमा १ सय ९३, सिन्धुलीमा ८ र सिन्धुपाल्चोकमा २७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १ सय २७, गोरखामा ४६, तनहुँमा १३, नवलपरासी पूर्वमा ४०, पर्वतमा ९, लमजुङमा ५, बाग्लुङमा ६ र स्याङजामा ९ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ५, गुल्मीमा ५, दाङमा ६४, नलवपरासीमा २१, प्युठानमा १, बर्दियामा ८, बाँकेमा २०, रुपन्देहीमा १ सय ४६ र रोल्पामा २ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको डोल्पामा १, दैलेखमा ७, सल्यानमा १ र सुर्खेतमा ४ जनामा कोरोना पुष्टि भएको छ।
सुदूरपश्चिमको अछाममा २, कञ्चनपुरमा १२, कैलालीमा २६, डडेल्धुरामा ७ र बैतडीमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *