होटलमा बस्न गएकी महिलाको जलेर शंकास्पद मृत्यु, २ जना पक्राउ

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २६ असाेज

काठमाडौंको नक्सालमा रहेको क्राउन प्लाजा होटलमा जलेर एक महिलाको शंकास्पद मृत्यु भएको छ ।

होटलको कोठामा जलेकी २३ वर्षकी महिलाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

महिलाको मृत्युबारे छानबिन गर्न प्रहरीले २ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा होटलका कर्मचारी पवनकुमार श्रेष्ठ र महिलासँगै होटलमा बस्न गएका केशव रिजाल छन् ।

महिला होटलमा जलेर गम्भीर घाइते भए पनि होटलले प्रहरीलाई खबर गरेको थिएन । प्रहरीले अस्पतालबाट जानकारी पाएको थियो ।

पक्राउ परेका दुवैलाई ५ दिन म्याद थप गरिएको र घटनाबारे थप छानबिन भइरहेको एसपी मैनालीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *