नास द्यः को क्षमापूजा तथा उद्घाटन सम्पन्न

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, २२ जेठ

भक्तपुर नगरपालिका वडा नं. ९ सूर्यमढीस्थित जिर्णोद्धार गरिएको नास द्यःको बिहीवार उद्घाटन भएको छ । नासः द्यः जिर्णोद्धार उपभोक्ता समिति र पासा पुचःको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि एवं ९ वडाका वडाध्यक्ष रवीन्द्र ज्याख्वले नास द्यः को क्षमापूजा तथा उद्घाटन गरेका छन् । उनले लकडाउनका समयमा यस वडामा बढीजसो यस्ता कार्यहरु भएको बताए । उनले कोरोनासम्बन्धी पहिले जनचेतना जगाउने कार्य मात्र भएकोमा अहिले बाह्य मानिस भित्रिन थालेपछि व्यवस्थापन सम्बन्धी थप जटिलता आउनसक्ने भएकोले थप सचेत र सतर्क हुनुपर्ने बताए । समसामयिक टोलका गतिविधिबारे स्पष्ट पार्दै उनले कोरोना भाइरसका कारण यस आ.व.मा २ अर्बभन्दा बढी बजेट रहेकोमा अबको आ.व.२०७७÷७८ का लागि भक्तपुर नगरपालिकाको बजेटमा समेत संकट आउने भएकाले अहिलेजस्तो विकास निर्माणका कार्यमा खर्च गर्न नसकिने बताए ।

नास द्यः जिर्णोद्धार उपभोक्ता समितिका अध्यक्ष जित बहादुर खयरगोलीले नगरपालिकाको लगत इष्टमेट ६ लाख ६१ हजार ९ सय ४५ रुपैयाँ रहेपनि कम समयमा उत्साहजनक जनश्रमदानका साथ जम्मा ३ लाख ५० हजार रुपैयाँमै कार्य सम्पन्न भएको बताए । नास द्यःको लगत इष्टमेटबारे वडाका प्राविधिक अर्हत बज्राचार्यले स्पष्ट पारेको उक्त कार्यक्रममा उपभोक्ता समितिका सदस्य हरिराम कुसीले पनि आफ्नो धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *