ग्लोबल आईएमई बैंक लि. र चन्द्रागिरि हिल्स लि.बीच सम्झौता सम्पन्न

अर्थ/वाणिज्य समाचार

न्यूज अपडेट भक्तपुर
काठमाडौं, १६ असोज


ग्लोबल आईएमई बैंक लि. र चन्द्रागिरि हिल्स लि.बीच मंगलवार चन्द्रागिरिकेबुलकारको टिकट खरिदमा छूटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल र चन्द्रागिरि हिल्स लि.का महाप्रबन्धक अभिषेक विक्रम शाहले हस्ताक्षर गरेको हो ।
उक्त सम्झौतापश्चात ग्लोबल आईएमई बैंक लि. का डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका ग्राहकहरुले चन्द्रागिरिको थानकोटस्थित काउण्टरबाट केबुलकारको टिकट खरीद गर्दा २०प्रतिशत छूट पाउनेछ ।
काठमाडौंको थानकोटमा रहेको पर्यटकीय गन्तब्यको रुपमा रहेको चन्द्रागिरीमा दिनप्रतिदिन बढ्दै गएको चापलाई ध्यानमा राख्दै ग्लोबल आईएमई बैंक लि.ले आफ्ना ग्राहकहरुलाई सहुलियत दिने उद्देश्यले उक्त सम्झौतामा हस्ताक्षर गरेको हो ।
ग्लोबल आईएमई बैंकले आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधा प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजना ल्याइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *