६ वर्षीया बालिकासहित थप १२ जनाले जिते कोरोना संक्रमण

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, २१ जेठ

बुधबार देशभरका आइसोलेसनमा उपचाररत १२ संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

कपिलवस्तुकी ६ वर्षिय बालिका त्रिवि शिक्षण अस्पतालबाट १९औँ दिनमा निको भएर घर फर्किएकी छिन्।

जनकपुर अस्पतालबाट पाँच जना डिस्चार्ज भएका छन्। २० वर्षिया महिलासहित १९ देखि  ४० वर्षीय तीनजना पुरुषहरु ११ देखि १६ औँ दिनमा डिस्चार्ज भएका हुन्। उनीहरु धनुषा,महोत्तरी र सर्लाहीका हुन्।

टेकु अस्पतालबाट काठमाडौंका ६९ वर्षीय एक जना पुरुष डिस्चार्ज भएका छन्। उनी ९ दिनमा डिस्चार्ज भएका हुन्।

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालबाट रौतहट ३४ वर्षीय पुरुष डिस्चार्ज भएका छन्। उनी  १५औँ दिनमा डिस्चार्ज भएका हुन्।

बुटबलबाट ४ जना डिस्चार्ज भएका छन्। उनीहरु अर्घाखाँची र कपिलवस्तुका  पुरुषहरु हुन्।  १८ देखि १४ वर्षका पुरुषहरु १० देखि २५ औँ दिनको अवधिमा संक्रमतलाई जितेर घर फर्किएका हुन्।

यसरी हालसम्म प्रदेश १ मा ४८, प्रदेश २ मा १०९, बागमती प्रदेशमा ३१ र गण्डकी प्रदेशमा ३ जनाले कोरोना संक्रमण जितेका छन्।

त्यसैगरी, प्रदेश ५ मा ८० र सुदुरपश्चिम प्रदेशमा ७ जनाले कोरोना संक्रमण जितेका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार हालसम्म २२२ पुरुष र ५६ महिला गरी २७८ जनाले कोरोना संक्रमण जितेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *