असार १ देखि वैकल्पिक व्यवस्थाबाट पढाउन शिक्षा मन्त्रालयले ल्यायो निर्देशिका

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट

काठमाडौं, २० जेठ

विद्यालय खोलेर पढाउनेबारे अहिलेसम्म निर्णय भएको छैन

असार १ देखि वैकल्पिक व्यवस्थाबाट पढाउन शिक्षा मन्त्रालयले ल्यायो निर्दे्शिका

लकडाउनका कारण घरमै रहेका विद्यार्थीलाई वैकल्पिक व्यवस्था गरी असार १ गतेदेखि पठनपाठन गराइने भएको छ । कोरोना महामारीले तत्काल विद्यालय खुल्ने सम्भावना नरहेपछि शिक्षा मन्त्रालयले वैकल्पिक व्यवस्थाबाट विद्यार्थीलाई पठनपाठन गराउन लागेको हो ।
त्यसका लागि मन्त्रालयले ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७’ आइतबार स्वीकृत गरेको छ ।विद्यालय खुलेर नियमित पठनपाठनको सहज अवस्था सिर्जना नहुञ्जेल खुला तथा दुर शिक्षालगायत वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइ सहजीकरण गर्न निर्देशिका ल्याइएको मन्त्रालयले जनाएको छ ।
‘असार १ गतेदेखि उक्त निर्देशिका बमोजिम वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने, गराउने व्यवस्थाका लागि संघ, प्रदेश र स्थानीय तहका सबै निकायहरूलाई अनुरोध छ,’ मन्त्रालयले सूचना निकालेर भनेको छ ।
विद्यालय खोल्नेबारे हालसम्म कुनै निर्णय भने नभएको मन्त्रालयले प्रष्ट पारेको छ । ‘विद्यालय खुला गरी पठनपाठन सञ्चालन गर्ने सम्बन्धमा हालसम्म कुनै निर्णय नभएको व्यहोरा अनुरोध गर्दै कोरोना महामारीको अवस्था र परिस्थिति हेरी सरकार, मन्त्रिपरिषदबाट प्राप्त हुने निर्देशनअनुसार पछि जानकारी गराइन्छ,’ मन्त्रालयले भनेको छ ।
१२ पृष्ठ लामो निर्देशिकामा प्रविधिका माध्यमबाट पठनपाठन गर्न सकिने उल्लेख छ। इन्टरनेट, रेडियो, टिभी, अनलाइनर अफलाइनबाट पठनपाठन गर्न सकिन्छ ।
मन्त्रालयले जारी गरेको निर्देशिका सामुदायिक, संस्थागत, सार्वजनिक, निजी शैक्षिक गुठीद्वारा सञ्चालन गरिएका विद्यालयले प्रयोग गर्नुपर्नेछ ।
निर्देशिकामा तीनै तहका सरकार, सञ्चार माध्यम, विद्यार्थी, शिक्षकलगायतका भूमिका समावेश गरिएका छन् ।
शिक्षकले सिक्ने र सिकाउने कुरालाई सहजीकरण गर्नुपर्नेछ । आफूले पढाउनेबाहेकका विद्यालयका विद्यार्थीको सूचीसमेत शिक्षकले तयार पार्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *