स्वास्थ्य मन्त्रालयलाई ९० अर्ब ६९ करोड बजेट

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, १५ जेठ

सरकारले स्वास्थ्य क्षेत्रका लागि ९० अर्ब ६९ करोड रुपैयाँ बिनियोजन गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सो जानकारी दिएका हुन्।

सरकारले तीन सय शय्याको सरुवा रोग अस्पताल स्थापना गर्ने भएको छ। आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले तीन सय शय्याको सरुवा रोग अस्पताल स्थापना गर्ने बताए।

सबै प्रदेश राजधानीमा सरुवा रोग अस्पताल निर्माण गरिने उनले बताए । स्वास्थ्य पूर्वाधार विकास लागि सरकारले १२ अर्ब ४६ करोड बजेट बिनियोजन गरेको छ।

बजेटमा के के आए?

कोरोना तथा संक्रामक रोग नियन्त्रणमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि पाँच लाखको नि:शुल्क स्वास्थ्य बिमा।

एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रमलाई कायान्वयनमा ल्याइने।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि ६ अर्ब रुपैयाँ विनियोजन।

महामारी नियन्त्रण तथा  रोग नियन्त्रणको मूल जिम्मेवारी सहितको राष्ट्रिय रोग नियन्त्रण केन्द्र र स्वायत  खाद्य तथा औषधि प्राधिकरण (एफडिए) निर्माणका लागि बजेट छुट्याएको छ।

३ सय शय्याको सरुवारोग अस्पताल। सबै प्रदेश राजधानीमा सरुवारोग अस्पताल

सबै प्रदेशमा अत्याधुनिक प्रयोगशाला।

प्रमुख प्रवेश नाकामा स्वास्थ्य जाँच गर्ने पूर्वाधार बनाउने ।

स्थानीय तहमा २ सय ७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड ।

३ वर्षभित्र सबैको स्वास्थ्य विमा । सबै स्थानीय तहका ४० प्रतिशतलाई स्वास्थ्य विमाको दायरामा ल्याउने । यो कार्यक्रमका लागि ७ अर्ब

आगामी वर्ष नेपाललाई पूर्ण खोपयुक्त घोषणा गर्ने ।

केन्द्रीय  अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा निशुल्क हुने

राष्ट्रिय रोग निदान  केन्द्र स्थापना गर्ने ।

निरोगी नेपाल अघि बढाउन सन्तुलित आहार स्वस्थ जीवनशैलीका लागि आयुर्वेद उपचार पद्धति अवलम्बन गर्ने । व्यायामशाला योग केन्द्र पनि चलाउने ।

निजी अस्पतालले जिल्ला अस्पतालमा अनिवार्य विशेषज्ञ सेवा दिने व्यवस्था मिलाएको छु ।

कान्ति बाल अस्पतालमा थप आईसीयू बनाइने  ।

राजमार्गमा ट्रमा सेन्टर ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *