नेपालमा थप ९ जना कोरोना संक्रमितको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १७ मंसिर

पछिल्लो २४ घण्टामा नेपालमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  यएकै दिन १ हजार ४ सय ९० जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ५६७ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ।

आज देशभर १६ हजार ५ सय ४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ८ हजार ३ सय जनाको पिसिआर परीक्षण भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *