भक्तपुरका तेस्रो कोरोना संक्रमितको सम्पर्कमा रहेका १२ जनाको रिर्पोट नेगेटिभ

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौँ, १२ जेठ

कोरोना भाइरस संक्रमण पुष्टि भएका भक्तपुरका तेस्रो संक्रमित पुरुषको सम्पर्कमा रहेका १२ जनाको रिर्पोट आएको छ। उनका परिवारसहित सम्पर्कमा रहेका १२ जनाको कोरोना परीक्षण रिर्पोट नेगेटिभ आएको हो।

भक्तपुरका तेस्रो कोरोना संक्रमित व्यक्ति काठमाडौँ महानगरपालिकाको सफाइ गाडीका चालक हुन्। भक्तपुर नपा ५ योसिंखेल निवासी ४२ वर्षीय ती पुरुषका घरपरिवारसहित १२ जनाको कोरोना भाइरस परीक्षण नेगेटिभ आएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। परिसरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले १२ जनाकै रिपोर्ट नेगेटिभ आएपछि भक्तपुर नपा ५ योसिंखेलको सिल हटाइएको जानकारी दिए। ती पुरुषलाई स्वास्थ्य मन्त्रालयले जेठ ६ गते संक्रमण पुष्टी गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *