काठमाडौंमा देखिएका संक्रमित तार्केश्वर, गोकर्णेश्वर र कालिमाटीका

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

मंगलबार काठमाडौंमा तीन जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिउँसो सार्वजनिक गरेको विवरणमा संख्या मात्र उल्लेख थियो। मन्त्रालय स्रोतका अनुसार उनीहरु काठमाडौंको तार्केश्वर, गोकर्णेश्वर र काठमाडौं महानगरपालिकाको कालिमाटी क्षेत्रका हुन् ।

योसँगै काठमाडौंमा कोरोना संक्रमतिको संख्या ११ पुगेको छ भने देशभर कुल संक्रमितको संख्या मंगलबार ४०२ पुगेको छ।

मंगलबार नै उपत्यकाका ललितपुर र भक्तपुरमा पनि एकएक जना संक्रमित थपिएका छन्।

उपत्यकामा देखिएका ४ संक्रमितमध्ये एक जना स्वास्थ्य सेवा विभागमा कार्यरत करारका चिकित्सक भएको बताइएको छ।

मंगलबार उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुरमा  गरी ५ जना कोरोना पोजिटिभ देखिएको थियो।

ललितपुरमा देखिएका कोरोना संक्रमित स्वास्थ्य विभाग इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखामा कार्यरत जनस्वास्थ्य चिकित्सक रहेको स्रोतले जानकारी दियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *