सन २०२२ सम्मै सामाजिक दूरी कायम गर्नुको विकल्प नरहेको ठहर, कोरोना निर्मूल पार्न यस्तो छ नयाँ अध्ययनको निष्कर्ष

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, ४ जेठ

कोरोनाभाईरस (कोभिड–१९) बाट बच्न हाल अपनाइएको सामाजिक दूरी कायम गर्ने परम्परा सन २०२२ मा पनि निरन्तरता दिनुपर्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुका अनुसार हालको कोरोनाभाईरसलाई एक नयाँ तरिकाबाट निर्मूल पार्नका लागि सन् २०२२ मा पनि निरन्तरता दिनुपर्ने देखिएको छ ।

सामाजिक दूरीका कारण नयाँ उत्पन्न हुने भाईरसलाई रोकावट गर्न सकिने वैज्ञानिकहरुले बताएका छन् । यसले सामान्यतया भाईरसको संक्रमण अझै रोक्ने प्रयाय गर्नेछ । हाल फैलिएको महामारी कहिले र कसरी अन्त्य हुन्छ भनेर यसै भन्न सकिने अवस्था छैन । सोहीअनुसार भाईरसले पनि आफ्नो सिजन परिवर्तन गरेजस्तै आकार र संक्रमण हुने तरिकामा परिवर्तन हुने अनुमान गरिएको छ ।

मानिसहरुसँग रोग प्रतिरोधी क्षमता भएपनि यसको संक्रमण भएपछि लक्षण नदेखिने समस्या उत्तिकै छ । सामाजिक दूरी कायम गर्नका लागि लगाइएको लकडाउनका कारण विश्वको अर्थतन्त्रमा समेत सोहीअनुसारको केही असर परेको देखिन्छ । दशौं लाख मानिसहरु घरभित्रै बस्दा दैनिक हुने काममा ठुलो बाधा आईपरेकाले अमेरिकी सरकारले भने लकडाउनलाई केही कमी गर्ने बताएको छ । यसका बाबजुद पनि अमेरिकामा परिक्षणलाई भने कडाई गरिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले भने महामारीलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर अनुसन्धान गरिरहेका छन् । तर सामाजिक दूरी कायम गर्ने परम्परालाई निरन्तरता दिएको खण्डमा भने केही सहुलियत पुग्ने उनीहरुको भनाई छ । सिजनल विमारीजस्तै कोरोनाले विश्वभर सताएको छ । जसका कारण मासिनहरु त्राहिमाम भएका छन् । यसको प्रभाव भने अझै केही बर्ष रहने बताएका छन् । तर, हामीले अहिले अपनाएको सामाजिक दूरी, हात धुनेलगायतका प्रक्रियाहरु भने अझै केही बर्षका लागि निरन्तरता दिनुपर्नेछ । ब्लुमबर्ग डटकमबाट अनुवाद

Read more at: http://www.bizkhabar.com/special/77503.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *